धुम्रपान र यसले आँखामा गर्ने असरहरु

Spread the love

लेखक :   

बिपिन कोईराला ( अध्यनरत ) चिकित्सा शास्त्र अध्ययन संस्थान ,

बी. पि . कोइराला लाइन्स नेत्र अध्ययन केन्द्र त्रि. वि . शिक्षण अस्पताल,  महाराजगन्ज.

 

धुम्रपानले हाम्रो स्वास्थ्यमा गम्भिर असरगर्ने कुरा हामीसबैलाई जानकारीनै छ | धुम्रपानले क्यान्सर , श्वासप्रश्वासको समस्या , मुटुरोग , पाचनप्रणालीको समस्याजस्ता  दीर्घकालीन रोगहरु निम्त्याउनुका साथै यौन तथा प्रजनन स्वास्थ्यमा पनि नकरात्मक असर गर्नेगर्छ | अमेरिकामा गरिएको अनुसन्धानलाई आधार मानेर हेर्दा धुम्रपान नगर्ने मनिसको भन्दा धुम्रपान गर्ने मनिसको मृत्‍युदर तीनगुणा धेरै रहेको पाइएको छ | धुम्रपानगर्दा धुँवाको माध्यमबाट शरीरमा प्रवेशगर्ने टार , निकोटीन , एसीटोन , कार्बोनमोनोओक्साईड जस्ता पदार्थले चुरोटको लत बसाल्नुका साथै स्वास्थ्यमा हानी पुराउन ठुलो भूमिका खेलेका हुन्छन |    एकपटक धुम्रपानगर्दा लगभग ४००० हनिकारक तत्व हाम्रो शरीरमा प्रवेशगर्ने गर्छन् र यि मध्य मात्र ५० तत्व हामीलाई क्यान्सर रोग लगाउन र मृत्‍युकोमुखमा पुर्यौन पर्याप्त छन |

 

धुम्रपानले शरीरका अन्य अङगमाजस्तै आँखामापनि असर गर्नेगर्छ| यस लेखमा धुम्रपानले आँखामा गर्ने असरका बारेमा सारांशमा जानकारी गराउनेछु |

धुम्रपानले आँखा स्वास्थ्य तथा दृष्‍टिमा गम्भिर असर गरी न्युनदृष्‍टि देखी अन्धोपनसम्म पुर्यौन सक्छ|

 

धुम्रपानले गर्ने असरहरु:

 

१) आँखा सुक्खा हुनु

धुम्रपान नगर्नेभन्दा धुम्रपान गर्ने मनिसहरुमा आँखा सुक्खाहुने समस्या लगभग दुईगुणा बढी पाइएको छ | आँखा सुक्खा हुँदा आँखा चिलाउने , बिझाउने , पोलेको जस्तो महसुसहुने जस्ता लक्ष्यण देखा पर्छन  | चुरोटजन्य पदार्थको सेवनले आँखामा आसुँकोमात्रा कम गराउने हुँदा बिशेषगरी आँखामा कन्ट्याक्ट लेन्स प्रयोग गर्ने मनिसहरुलाई धुम्रपान नगर्न सुझाब गर्दछु | धुम्रपान गर्दा आँखाको सम्पर्कमा आउने धुँवा र यसमा हुने हनिकारक केमीकलले आसुँको तहलाई बिगार्नेहुँदा पनि सुक्खा आँखाको लक्ष्यण बढेर जान्छ |

 

२) मोतीबिन्दु :

मोतिबिन्दु उमेर बढेसगै आँखाको लेन्समा आउने परिवर्तन हो जस्ले लेन्सको पारदर्शिता घटाउनेगर्छ | मोतिबिन्दु भएमा मनिस दृष्‍टि र देख्ने क्षमतामा कमी आउछ | सामान्यरुपमा मोतिबिन्दु ५० बर्षको उमेरपछी देखिने समस्या हो तर धुम्रपान गर्ने वा सुर्तीजन्य पदार्थ सेवन गर्ने मानिसहरुमा मोतीबिन्दु सामान्य उमेर भन्दा दुई गुणा धेरै र छिटो देखिने गरेको पाइएको छ| धुम्रपान भन्दा पनि सुर्तीसेवन गर्ने मनिसमा मोतिबिन्दु अझ छिटो पलाउने गरेको पाइएको छ | अनुसन्धानको क्रममा धुम्रपान गर्ने र सुर्तीसेवन गर्ने  मनिसहरुको रगतमा क्याडमीयम नामक तत्वको मात्रा धुम्रपान नगर्ने मानिसको भन्दा २-३ गुणा  बढेको पाइयो जस्को कारणले मोतिबिन्दु छिटो पलाउने हुन्छ |

 

३)  ए . आर . यम . डि 

“ए. आर. यम . डि ” को पुरा रुप “एज रीलेटेड म्याकुलर डीजेनेरेसन” हो | वृद्ध अवस्थामा देखिने यो समस्या लगभग ७० बर्ष नाघेपछी देखिन्छ | यो रोगले हाम्रो आँखाको पर्दा अर्थात रेटीना को मुख्यभाग जस्को मद्दतले हामीले देख्ने गर्छौ त्यो भाग अर्थात म्याकुलामा अपरिवर्तनीय क्षति पुर्याउछ जस्ले गर्दा मनिसको दृष्‍टि बिस्तारै घट्दै जाने र अन्त्यमा मानिसहरु न्युनदृष्‍टि देखी आन्धोपनसम्म पुग्ने गर्छन | यो रोग लाग्नु मा धेरै कुरा को भूमिका रहेको हुन्छ , जसमध्य आत्यदिक धुम्रपान र वंशानुगत(आनुवंशिक) कारण मुख्य हुन | अनुसन्धानका क्रममा धुम्रपान गर्ने मानिसमा यो रोग धुम्रपान नगर्ने मानिस भन्दा करीब करीब ४ गुणा बढी देखियो | यस्का साथै यो समस्या धुम्रपान गर्ने महिलाहरुमा अझ ५-६ गुणा धेरै देखियो | विज्ञहरुको सुझाबअनुसार बेलैमा धुम्रपान त्याग्नाले बुढेसकालमा यो समस्याबाट बच्न सकिन्छ | धुम्रपानले हाम्रो शरीरमा हुने एन्टी-ओक्सिडेन्ट को मात्रा कम गराउछ जस्का कारणले यो समस्या धुम्रपान गर्ने मानिसमा छिटो र धेरै देखिने हुन्छ |

 

४) चिनी रोग (सुगर) र थाइरोइडले आँखामा गर्ने असर र धुम्रपान :

लामो समय सम्म चिनी रोग भएका वा रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुने मनिसहरुमा आँखाको अगाडिको भाग नानी देखी पछाडि पर्दा अर्थात रेटिना सम्म गम्भिर असर देखिने गर्छ जस्ले मानिसको आँखामा अपरिवर्तनीय क्षति पुर्याउछ  र यी व्यक्तिहरुले धुम्रपान गरेमा यस्ता समस्या आउने सम्भावना दोब्बर हुन्छ | यस सँगै थाइरोइडले आँखामा गर्ने असर लाई पनि धुम्रपानले करीब करीब २-८ गुणा बढाइदिने गर्छ | त्यसैले चिनी रोग र थाइरोइड रोग  हुने व्यक्तिहरुले सक्दो छिटो धुम्रपान त्याग्नु राम्रो हुन्छ र दृष्‍टिमा आउने अकल्पनिय क्षतीबाट बच्न सकिन्छ |

 

५) गर्भवती महिला वा स्तनपान गराउने महिलाले धुम्रपान गर्दा आँखामा देखिने असर:

गर्भवती महिला वा स्तनपान गराउने महिलाले कहिले पनि धुम्रपान गर्नु हुँदैन र धुम्रपान गरेको ठाउँ वरपर पनि बस्नु हुँदैन | गर्भवती महिलाले धुम्रपान गर्नाले आमा तथा बच्चा अर्थात भ्रूण दुबैको स्वास्थ्यमा प्रतीकुल असर पर्न जान्छ | गर्भवती हुँदा धुम्रपान गर्नाले कम तौल भएको बच्चा जन्मिने , बच्चा समय नपुगी जन्मिने , पुरा मानसिक र शारीरिक बिकास नभएको बच्चा जन्मिने जस्ता समस्या आइपर्छन | यसरी जन्मेका बच्चाहरुको आँखामा धेरै खालका समस्या देखापर्छन | यसरी आँखामा देखिने समस्या मध्य आँखाको पर्दाको समस्या मुख्य हो जस्लाई  “आर .  ओ . पि ” को नामले चिनिन्छ | यसका अलाव आँखामा धेरै पावरहुनु  , आँखाको नशाको उचित बिकास नहुनु, आँखा अल्छि हुने जस्ता समस्या देखा पर्छन | अनुसन्धानक क्रममा यस प्रकारले जन्मेका बच्चाहरुमा आँखा छड्के हुने सम्भावना ६-७ गुणा बढी रहेको पाइएको छ|

 

# अन्त्यमा भन्नु पर्दा धुम्रपान नगर्ने मानिस भन्दा धुम्रपान गर्ने मानिस दृष्‍टिबिहिन हुने सम्भावना ४ गुणा बढी हुन्छ |

 

त्यसैले सकेसम्म छिटो धुम्रपान त्याग्नुहोस् आफ्नो शरीर सँगै आँखा लाई पनि बचाउनुहोस् |

 

यो लेख मात्र जनचेतना होस् भन्ने उद्दश्यले लेखिएको हो |

 

PSF

In the world of medical and medicos, we bring you another world of literature. We are not any science geeks but we create a fusion of literature and medical science. Parikrama, as the word revolving, comes round every year with an annual issue. Not just this, we host literary events like spelling bee to quiz mania and we celebrate our library week, also promoting the creativity of students and publish bimonthly "The Harbinger".

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.