।। लाचार मेरो सरकार ।।

Spread the love

Yogendra Panta

सिहंदरबार देखी बालुवाटारको विकास देख्ने मेरो सरकार ।
किर्तिपुरलाई माइत बनाउदै विकास गरेको भन्ने मेरो सरकार ।।

सिहंदरबारमा भवन थप्दा खुसी हुने मेरो सरकार ।
आफनै ठाउॅका जनता त्रिपालमा बस्दा गिद्दे नजरले हेर्ने मेरो सरकार ।।

उच्च तहका नागरिक आउॅदा सिंगारमा रुमलिएको मेरो सरकार ।
आफ्ना नागरिक हिड्दा बिगार्नमा अघि सरेको मेरो सरकार ।।

विकासको लहर ल्याउछु भन्ने मेरो सरकार ।
कमिसनले आफ्नै घर र बाटो बनाउदा वर्षै बित्यो मेरो सरकार ।।

सम्माननिय व्यक्तिको उपचार बिदेशमा गराउने मेरो सरकार ।
सोझा निमुखा जनताको उपचार खोरमा गराउने मेरो सरकार।।

पर्यटन बर्ष मनाउने कुरो गर्दैछ मेरो सरकार।
सहरका खाल्डा खुल्डीको उजागर पनि गर्दैछ मेरो सरकार।।

मेलम्चीको पानी ल्याउने भन्दै २० बर्ष बित्यो मेरो सरकार।
पानी ट्याङ्कर र जारको कमिसन खादै अगायो मेरो सरकार।।

आफ्नो निजी घरको जग्गा एक हात नछोड्ने मेरो सरकार।
आफ्नो देशको गाउॅ नै बेचिदा लाचार छ मेरो सरकार।।

लिपुलेक र कालापानी छिमेकीले हडप्दा चुप बस्ने मेरो सरकार ।
फिर्ता गर्नको लागि नेपालनै सगुन दिएर जाने पो हो की मेरो सरकार।।

PSF

In the world of medical and medicos, we bring you another world of literature. We are not any science geeks but we create a fusion of literature and medical science. Parikrama, as the word revolving, comes round every year with an annual issue. Not just this, we host literary events like spelling bee to quiz mania and we celebrate our library week, also promoting the creativity of students and publish bimonthly "The Harbinger".

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.