परिवर्तनको नया अध्याय

Spread the love
युवराज अधिकारी
BDS 2nd year
BPKIHS
नसोध मलाई किन बहिनी फर्किन
म प्रत्येक दिन सोच्छु, घोत्लिन्छु, मुर्झाउँछु र फक्रन्छु पनि
घरबाट समानता खोज्न हिँडेकी हो मेरी बहिनी
आफ्नो सुन्दर चेहरामा खरानी धसेर एक रारा शुद्धता भित्र बुद्ध खोज्न रारामा डुबुल्की मार्दै होली यतिबेला
समय भनेको अवधी मात्र होइन, न हो कुनै भर्खरै जन्मिएको बच्चाको मर्ने दिन कुर्दै गरेको कालमात्र पनि
समय आदिम देखी उत्तर आधुनिक युगसम्म एकएक निमेष तड्पिरहेको बुढो भरियापनि हो जसले इतिहासमा कतै बिलिन भइकेका बुद्ध, क्राइस्ट, सुकरात, हिप्पोक्रेट्स र अलेक्जेन्डर  फ्लेमिङ्गको फेरि जन्मिने दिन कुर्दैछ
जन्मिए भने यीमध्य कुनै एक पनि आजको अराजकतामा, बोकेर हिँड्ने छ उनिहरुलाई समय र पुर्याउने छ कुनै नेटोभन्दा पनि अर्बौं माइल पर सम्म महात्मा बनाएर
सायद समयलाई खोज्न हिँडेकी हुनुपर्छ मेरी बहिनी
भो नबनाऊ यो भद्रगोल भित्र कुनै शान्तिको मन्दिर वा स्तुपा
भो नबोलाउ बहिनीलाई तिम्रो मन्दिर वा स्तुपाको पुजारी बन्न
ऊ ढुंगालाई बासदिएका  मन्दिर अनि पत्थरिला मनहरु भत्काउँदै हिँडेकी मान्छे हो
तबसम्म फर्किन्न जबसम्म वृद्धलाई  आश्रम बन्दैनन् ; टुहुरालाई आमावुवा भेट्टिदैनन्, रजस्वला भएकाहरुलाई घरको दैलो उघ्रीदैनन्, शरणार्थीलाई देश भेटिदैनन्,  परेवालाई बुद्धका आँखा भेट्टिदैनन्, बिरामीलाई उपचार भेटिदैन
तिमी चिन्ता नगर बा,
तिमीले राम्रो संस्कार दिएकै हौ
परेका बेला अरुलाई मद्दत गर्न सिकाएकै हौ
देवतालाई ढोग्न सिकाएकै हौ
बस् तिमीले को देवता हो को असुर हो चिनाउन सकेनौ
हो देवता खोज्न गएकी हो मेरी बहिनी
उसलाई मर्का पर्दा देवता भेटिन उसले
बाह्र बर्ष पुग्दा पहिलो पटक पुसको ठण्डिमा एक्लै अँध्यारो गोठ भित्र बस्दा उसलाई औधी डर लागेको थियो
त्यसबेला आमा , बा, दाई, देवता सबै पुकारी
सत्र वर्ष हुँदा रुखबाट लडेर आमा घाइते भइन्
त्यसबेला नर्स, डाक्टर, अस्पताल, देवता सबै खोजी
अठार वर्ष हुँदा हाम्रो, भएको एउटा सानेमाटेको खेत जमिनदारले नामसारी गर्यो
त्यसबेला वकिल, न्याय, देवता सबै पुकारी
पोहोर साल चौबिस बर्ष पुगेकै दिन कसैले बजारमा उसको अस्मितामाथी प्रश्न उठाएछ
त्यसबेला वरपरका मान्छे, समाज, देवता सबै पुकारी तर अहँ कोही भेट्टिएन
र आज फेरी एउटा भाइरसले समाजबाट खुसी खोस्दैछ
खोजेको बेला देवता नभेटेपछी ऊ आफै हिँडेकी हो एक चिम्टी मानवताको खरानी, एक मुठी देशको माटो, एक चट्टान साहस, एउटा सेतो कोट, एउटा सर्जिकल माक्स अनि एउटा आला घाँटीमा भिरेर  समयलाई खोज्न
हो बा मेरी बहिनी समयलाई खोज्न हिँडेकी हो डाक्टर बनेर ।।

PSF

In the world of medical and medicos, we bring you another world of literature. We are not any science geeks but we create a fusion of literature and medical science. Parikrama, as the word revolving, comes round every year with an annual issue. Not just this, we host literary events like spelling bee to quiz mania and we celebrate our library week, also promoting the creativity of students and publish bimonthly "The Harbinger".

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.