म पटक पटक मर्न तयार छु!!

Spread the love

Kiran Chandra  Pun

MBBS-2018, BPKIHS

चिकित्सकमाथी भैइरहेको दुर्व्यवहार को घोर भर्त्सना- डाक्टर को अनुरोध

ठिक छ
म मर्न तयार छु
प्रहार गर्ने तिमिले ति ढुङ्गामुढाबाट
छेदन गर्ने ल्याएका ती चक्कुछुराबाट
म झुक्न तयार छु
तिम्रा दिल छिया छिया पार्ने वचनसामु
मैले अरु के नै सिकेको छु र
जो म गर्न सकु
पढे सिके सबथोक लगाएर
यहि मानवलाई बचाउन भनी
यदि यहि मेरो गल्ती
अनि पाप हो भने
रङ्गाइदेउ लतपत
मेरो सेतो कोट
मेरो रातो रगतले
मेरो घाँटी रेटि
अझै भलो सबको
यसै गरि हुन्छ भने
म फेरि भन्छु पटक पटक मर्न तयार छु
यदि मेरो मृत्युले यो लोकमा शान्ती हुन्छ भने!!

हतियार भनेपनी कवच भनेपनी
यहि स्टेथ न हो मेरो
यदि यसैमा पनि तिमी कपट देख्छौ भने
झुन्डाइदेउ मलाई यहि लरोले
उ त्यही सिलिङ्गमा
म मर्न तयार छु पटक पटक
यदि तिम्रा नाबालकहरुको खुशी
यहि हर्कतमा जोडिन्छ भने!!

हतियार बोक्न सिकाउनुपर्ने रहेछ
गोलिगठ्ठा चलाउन सिकाउनुपर्ने रहेछ
गल्ती गरिछिन आमाले
सायद,एउटा छोरोलाई
स्टेथ समाउन लगाएर
तर अब आउने आमाहरुले
सिक्नेछन कि
आफ्नो छोरालाई स्टेथ होइन
बन्दुक चलाउन सिकाउनुपर्छ भनी
अनि मानवता निकै खुशी हुनेछ सायद!!

हो,म त मान्छे नै होइन क्यारे
जबदेखि यो सेतो कोट भिरे
तब देखि
न मेरो मन रहयो,
न मेरो आत्मा नै,
न घाउहरु दुख्छन
न आंखाबाट आँसु झर्छन
मेरा त आमा बुबा नि हुदैनन
मलाई त चोट लाग्दापनि
मेरा बालबच्चापनी रुदैनन
म मर्दा पनि, श्रीमतिको सिउंदो नि
पुछिदैन क्यारे
न म कोहि रहेछु
न मेरा कोहि रहेछन
बस यी सबै तिम्रामात्र हुन्छन
म फेरि फेरि भन्छु ,
यी सब त्यागी म मर्न तयार छु
यदि यी तिम्रा सब मेरो मृत्युले बांच्छन भने!!

हो, म पटक पटक मर्न तयार छु
यदि मानव सभ्यता यसैगरी अघि बढछ भने,
तर अन्तिम प्रश्न ,तिमिलाइ।

के तिमिले कहिल्यै ख्याल गर्यौ?
के खांदा ठिक, के खांदा बेठिक
के गर्दा ठिक, के गर्दा बेठिक हुन्छ भनी
फेरि चुरोटको धुवाँ उडाउदै
रक्सिको मातमा मात्तिएर
सेतो कोटमाथी यति आक्रोश किन?
के तिमिले कहिल्यै तिम्रो नेतालाई सोध्यौ?
तिम्रो तेत्रो अथा सम्पत्ती कसरी जोडियो भनी,
त्यो सरकारी अस्पताल,त्यो स्कुल
अनि जे जे छ त्यो सबै सरकारी चिज कसरी बिग्रीयो भनि,
तिमिले हिडने बाटो अनि पुल कसरी भत्कियो भनी,
तिमि न अन्धो छौ
न बहिरो नै
तर तेस्तो भएको जस्तो नाटक मात्र गर्छौ किन
सायद, पहिला तिमिले लगाउने चस्मा फेर्न जरुरी छ।

के तिमी सांच्चिकै देख्दैनौ
कि तिम्रो आंखामा कालो पट्टि बाधिएको छ,
हरेक दिन लाखौं देखि अर्बौं भ्रष्टाचार गर्नेहरु,
तिमिले खाने सिटामोलदेखि
चामलसम्ममा कमिसन खानेहरु,
तिम्रा छोरी चेली बलात्कार गर्नेहरु,
तिमिहरुलाइ जाती , धर्म , भाषा
अनि क्षेत्रीयताका नाममा भाडने हरु,
अनि तिम्रो सबथोक बिगार्नेहरु
तिमीले कहिल्यै देख्दैनौ है?
अस्पताल राम्रो छैन, बिरामी मर्यो भने
सोध्नु तिम्रो नेतालाई
अस्पतालको कुनकुन अवयव बिग्रीनमा
उस्को दोष छ भनी,
सोध्नु तिम्रा छोराछोरीहरु र
तिम्रा नेताका छोराछोरिहरु
पढने स्कुलको औकात किन फरक भयो भनी?

म त एक विवश डाक्टर,
मैले मेरो पूरा जिन्दगी यसैमा बिताए
जवानी गुमाए
अरु पनि धेरै थोक गुमाए
६० औं लाख खर्च गरे
तर पनि ३५ हजारको तलबमा
PPE बिना नै
तिम्रो र यो देशको सेवा गर्न तम्सेको छु,
यदि अझै पनि तिम्रो नजरमा
यहि सेतो कोटको मान्छे राक्षस देखिन्छ भने
बध गरिदेउ मेरो
म पटक पटक मर्न तयार छु
यदि यसरी नै मानव सभ्यता अघि बढछ भने !!!!!

PSF

In the world of medical and medicos, we bring you another world of literature. We are not any science geeks but we create a fusion of literature and medical science. Parikrama, as the word revolving, comes round every year with an annual issue. Not just this, we host literary events like spelling bee to quiz mania and we celebrate our library week, also promoting the creativity of students and publish bimonthly "The Harbinger".

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.