राष्ट्रकवि माधवप्रसाद घिमिरे : उन्नयन र अनुशासनका दोभान

Spread the love

 

भाद्र २, राष्ट्रकवि माधवप्रसाद घिमिरको साँझ ५:५५ बजे आफ्नै निवासमा १०१ वर्षको उमेरमा निधन भएको छ। उच्च रक्तचाप र मधुमेहको समस्याबाट पिडित उहाँलाई दुई सातादेखि श्वास–प्रश्वासमा पनि समस्या देखिएको थियो। वि.सं.१९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिनु भएका घिमिरेले नेपाली साहित्यमा गीतिनाटक, शोककाव्य, निबन्ध, गीत लगायतका विविध विधाहरूमा कलम चलाउनुभएको छ , जसअन्तर्गत गौरी, नव मञ्जरी, मालती मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, आफ्नो बाँसुरी आफ्नै गीत, चारु चर्चा लगाएतका कृतिहरु पर्न आउँछन् । १४ वर्षको कलिलो उमेरमै ‘ज्ञानपुष्प’ नामक कृति गोरखापत्रमा प्रकाशित गरेर साहित्य क्षेत्रमा प्रवेश गर्नुभएका उहाँले ‘फूलको थुङ्गा बगेर गयो’, आजै र राति के देखेँ सपना’ तथा ‘गाउँछ गीत नेपाली’ जस्ता लोकप्रिय गीतहरूको पनि रचना गर्नुभएको थियो । वि.सं.२०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र वि.सं.२०५८ सालमा ‘चारु चर्चा’ निबन्धका लागि दुई पटक साझा पुरस्कारबाट सम्मानित हुनुभएका घिमिरेलाई वि.सं. २०७४ सालमा नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधिबाट समेत सम्मानित गरिएको थियो ।

नेपाली साहित्यमा पुर्‍याउनुभएको योगदानको कदरस्वरूप २०६० साल असोज ९ गते सरकारले उहाँलाई ८५ वर्षको उमेरमा राष्ट्रकविको उपाधि प्रदान गरेको थियो ।

 

PSF

In the world of medical and medicos, we bring you another world of literature. We are not any science geeks but we create a fusion of literature and medical science. Parikrama, as the word revolving, comes round every year with an annual issue. Not just this, we host literary events like spelling bee to quiz mania and we celebrate our library week, also promoting the creativity of students and publish bimonthly "The Harbinger".

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.